बर्दियामा कोरोना संक्रमितको संख्या १९३, शून्यमा पुग्दै संक्रमित

बर्दिया । बर्दियामा कोरोना संक्रमितको संख्या एक सय ९३ पुगेको छ । जिल्लामा हालसम्म तीन हजार तीन सय ८५ जनाको स्वाब नमूना परीक्षणका लागि संकलन भएको छ । जसमध्ये आरटी पिसिआर प्रबिधिमार्फत भएको परीक्षणबाट एक सय ९३ जना संक्रमित भेटिएका हुन ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले जिल्लामा क्वारेन्टिनमा रहेकाहरुमध्ये एक सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । त्यस्तै कन्ट्याक्ट ट्रेसिङबाट एक जना र जिल्ला अस्पतालमा आएका दुई जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भएको जानकारी दिनुभयो ।

संकलित स्वाब नमूनामध्ये हालसम्म तीन हजार एक ५४ जनाको पिसिार परीक्षण भएको छ भने ३७ जनाको जाँच प्रक्रियामा रहेको छ । यस्तै बिहीबार मात्र गुलरिया नगरपालिकाका ६ जनाको स्वाब नमूना संकलन गरिएको छ ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक चौधरीका अनुसार भेटिएका संक्रमितमध्ये गेरुवा गाउँपालिकाका १२, गुलरिया नगरपालिकाका ३२, बाँसगढी नगरपालिकाका २१, बारबर्दिया नगरपालिकाका १४, ठाकुरबाबा नगरपालिकाका १०, राजापुर नगरपालिकाका १५, मधुवन नगरपालिकाका ३१, बढैयाताल गाउँपालिकाका ५८ जनासहित क्वारेन्टिनमा रहेका एक सय ९३ जनामा कोरोना देखिएको छ ।

यस्तै जिल्लामा हालसम्म १५ जना महिला र एक सय ४५ जना पुरुष गरी एक सय ६० जना संक्रमितहरु संक्रमण फैलने अवस्थाको शून्यमा पुगेर घर फर्किएका छन् । त्यस्तै संक्रमण देखिएका ९ जना महिला र २४ जना पुरुष गरी ३३ जना आइशोलेशनमा रहेका छन् ।

Previous articleसार्वजनिक यातायात चलाउन दिने सरकारको निर्णय, भाडा भने दोब्बर तिर्नुपर्ने
Next articleएकीकृत सम्पत्ति करमा १५ प्रतिशत कटौती, १८ मा एक करोड ४३ लाखको बजेट सिलिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here