एकीकृत सम्पत्ति करमा १५ प्रतिशत कटौती, १८ मा एक करोड ४३ लाखको बजेट सिलिङ

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले एकीकृत सम्पत्तिको कर शुल्कमा १५ प्रतिशत रकम कम गरेको छ ।

मेयर डा.धवलशम्शेर राणाको अध्यक्षतामा असार १० गतेदेखि जारी सातौं नगरसभामा बिहीवार उपमेयर उमा थापा मगरले एकीकृत सम्पत्ति कर शुल्क रकम कटौती गर्ने प्रस्ताव गर्नुभएको हो ।

उपमेयर मगरले यसअघि प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७७÷७८ को विनियोजित बजेट परिमार्जन गर्दै एक अर्ब ४९ करोड ४२ लाख १७ हजार ५१० रुपैयाँको संशोधित वजेट प्रस्तुत गर्नुभयो ।

बजेटमा नगरका २३ वटा वडालाई २१ करोड रुपैयाँ विनियोजन गरिएको छ । वडाबाट संकलन भएको राजश्वको १५ प्रतिशत रकम सम्वद्ध वडालाई बाँडफाँड गरिएको छ । वडाको जनसंख्याको आधारमा समेत बजेट सिलिङ तयार गरिएको छ ।

यसरी बजेट सिलिङ अनुसार वडा न–१८ लाई सबैभन्दा बढि एक करोड ४३ लाख रुपैयाँ र सबैभन्दा कम वजेट सिलिङ्ग पाउने वडाले कम्तिमा ५४ लाख रुपैयाँ प्राप्त गरेका छन् । मेयर डा.राणाले सन्तुलित ढंगले वडामा वजेटको सिलिङ तयार गरिएको जानकारी दिनुभयो । बजेट कनिका छरेजस्तो गरि वडामा काम नगर्नुहोला, नगरप्रमुख राणाले वडाका जनप्रतिनिधीहरुलाई उहाँले भन्नुभयो,–देखिने गरि ठुला काम गर्नुहोस ।

ठुला योजनाले वजेटको सहि सदुपयोग हुने उहाँको भनाई थियो । बिहिवारको नगरसभाले बजेटको सिलिङलाई सर्वसम्मत पारित गरेको छ । असार ३० गते बस्ने बैठकले वडाबाट आउने योजनासहित बजेट पारित गर्ने भएको छ ।

Previous articleबर्दियामा कोरोना संक्रमितको संख्या १९३, शून्यमा पुग्दै संक्रमित
Next articleशुक्रबार थपिए ११८ जना कोरोना संक्रमित, १२० जना डिस्चार्ज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here