भारतमा एकै दिनमा ८० लाखलाई कोरोना खोप, खोपबाट वन्चित नगरिने

एजेन्सी । भारतमा एकैदिनमा ८० लाखलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ ।

कुनै देशमा एकैदिन यति धेरै संख्यामा खोप लगाइएको यो पहिलो पटक हो । खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले हिजो ८० लाखलाई खोप लगाएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्ध लड्ने हतियारका रुपमा रहेको खोप अभियानलाई तीब्रता दिएको जानकारी दिंदै आफनो देशका नागरिकहरुलाई खोपबाट वन्चित नगर्ने घोषणा गर्नुभयो ।

सामाजिक सञ्जालमा ट्वीट् गर्दै उहाँले खोप अभियानमा सक्रिय सबैलाई धन्यबाद दिनुभएको छ । भारतले हरेक १८ बर्ष माथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने नीति लिए अनुरुप १८ बर्षमा सवैलाई खोप लगाउने अभियान सुरु गरेको हो ।

यसअघि प्राथमिकता सूचीमा परेकाहरुलाई मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो । यसबीच खोप लगाउन पाएका भारतीय नागरिकहरुले पनि सरकारको प्रशंसा गरेको छ ।

Previous articleनेपालगञ्ज आएपछि दुव्र्यसनीमा फसेकी संमिताको यात्रा
Next articleस्वास्थ्य अधिकारका विषयमा सरोकारवालाद्धारा रिट दायर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here