
संमिता शाह (नाम परिवर्तन) नेपालगञ्जमा बस्न थालेको ५ वर्ष भयो । उनी एसइपछि कालिकोटबाट उच्च शिक्षाको लागि नेपालगंज आएकी थिइन् ।
यो ५ वर्ष उनका लागि त्यति राम्रो रहेन । उनी लागुपदार्थको दुव्र्यसनीमा नराम्रोसँग फसिन । गाउँबाट भर्खर नेपालगञ्ज आएकी उनको संगत केहि नयाँ साथिसँग भयो । नयाँ ठाउँ, नयाँ परिवेशमा आफुलाई परवर्तन गर्न खोजिन् ।
यहि क्रममा उनको घुलमिल धेरैसँग हुन थाल्यो । बिहान कलेज दिउँसो साथीहरुसंग घुम्ने उनको दैनिकी थियो । आफु यति चाँडै शहरको परिवेशमा घुलमिल भएकोमा उनी दङ्ग थिइन् । उनी साथीहरुको संगतले नै आफु दुव्र्यसनमा फसेको बताउँछिन ।
उनी भन्छिन “पहिला साथीहरुले खाएको देख्दा एक पटक टेस्ट गर्छु भनेर शुरु गरेको थिए । तर यति नराम्रो संग दुव्र्यसनीमा फस्छु भनेर मैले सोँचेको पनि थिइन ।” १७ वर्षको उमेरमा उनी नेपालगञ्ज आएकी थिइन । दुव्र्यसनीमा फसेपछि उनको पढाई पनि बिग्रियो ।
घरमा थाहा पाएपछि आमा बुवा दाईले धेरै सम्झाउनुभयो, तर समिताले यसलाई गम्भीर रुपमा लिईनन् । उनी भन्छिन् “जबसम्म म गलत बाटोमा हिँडदै छु भन्ने कुरा आफुले बुभ्mन सकिँदैन त्यो बेलासम्म त, जसले जे भने नी वास्ता लाग्दो रहेनछ ।
आमा बुवाले सम्झाउँदा मलाई गाली गरे जस्तो लाग्थ्यो । दाईले मलाई धेरै पटक पिट्नुभयो, त्यसपछि मैले आफु बस्ने कोठा मै आउन छोडदिए । म ५ दिन कहाँ गए के गरे त्यो मलाई मात्र थाहा छ ।
“पुरै नसामा ! नसा भन्ने यस्तो चिज हो जसले सब भुलाई दिन्छ । त्यो ५ दिनले मलाई जिवन के हो भन्ने चाँहि सिकायो ।” आफुलाई घरपरिवारले जति सम्झाउँदा पनि मेरो ताल उस्तै भएपछि अन्तमा मेरो परिवारले मलाई वास्ता गर्न नै छाडिदिए ।
परिवारले नै मेरो साथ छोडेपछि भने मलाई एक्लो महसुश हुन थाल्यो । त्यो साथ बिस्तारै साथीभाईहरुले पनि छाड्न थालेको महशुस गरे । अब भने म साँच्चै नै एक्लो थिए । उनी यसरी आफ्नो विगत सम्झिदै थिईन् ।
यो बिचमा उनको जिवनमा धेरै हलचल भयो, उनले जिवनमा पहिलो पटक चोरी गरिन् प्रहरी चौकी पुगिन्, अब भने कँही कतै उनले हिँडेको बाटो साँच्चै नै गलत हो की जस्तो लाग्न थाल्यो उनलाई ।
उनी भन्छिन “मेरो परिवारले सम्झाएको गाली गरेकोे मेरो राम्रोका लागि हो भन्ने बुझ्न मलाई समय लाग्यो ।” केहि समय अघिसम्म उनलाई केहि थाहा थिएन । उनी कुन बाटोमा जाँदैछिन् । अब उनलाई “म खराब बाटोमा छु भन्ने महसुश भएको छ ।” आफु गलत बाटोेमा हिडेकोमा पछुतो छ उनलाई ।
अब भने उनी सुध्रिन चाहन्छिन, एउटा सुन्दर जिवन जिउन चाहन्छिन् । आप्mनो पुरानो जिवन भुलेर नयाँ शुरुवात गर्न चाहान्छिन । अहिले आफुले रोजेको गलत बाटो छोड्न चाहन्छिन् । म अब सुध्रिन्छु भन्ने कुरा जबसम्म अफैलाई नै महसुश हँुदैन तबसम्म अरुले सम्झाएर बुझाएर मात्रै दुव्र्यसनमा फसेको ब्यक्ति सुध्रिन नसक्ने उनको अनुभव छ ।
आफ्नो छोराछोरी कहाँ कस्तो अवस्थामा छन् के गर्दैछन, उनीहरु कस्तो साथीको संगतमा छन् भन्ने कुरा अभिभावकले जानकारी लिईरहनुपर्ने उनी बताउँछिन् । उनि भन्छिन “छोरा छोरीलाई सहि बाटोमा ल्याउन परिवारले उनीहरुको साथ छोडने होइन, उनीहरुको साथी बनेर उनीहरुलाइ बुझेर अगाडि बढ्न सक्नुपर्छ ।”





