
नेपालगञ्ज । नेपाल औषधी व्यवसायी संघ बाँकेले आफ्नो ४८ औं स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा ४८ जनाले रक्तदान गर्नु भएको शाखा महासचिव जीवन शर्माले जानकारी दिनु भएको थियोे । केन्द्रीय सदस्य कृष्ण रोकायको प्रमुख आतिथ्य तथा प्रदेश वरिष्ठ उपाध्यक्ष अभय बस्नेत आतिथ्यमा कार्यक्रम सन्चालन भएको थियो ।
कार्यक्रममा शाखा अध्यक्ष बसन्त शर्माले सम्पुर्ण रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गर्दै धन्यवाद दिनुभएको थियो । यस्तै दिवसकै्र अवसर पारेर असार १० गते बिहीबार विचार गोष्ठी आयोजना गरिएको छ ।






