पेट्रोलियम पदार्थको फेरि मुल्य बढ्यो

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मुल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेलरमटितेल र हवाई ईन्धनको मुल्य बढाएको हो ।

पेट्रोल, डिजेल र मट्टीतेलमा साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको छ । नयाँ मुल्य अनुसार अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ ।

हवाई इन्धनको आन्तरिक उडानमा पनि प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ पुर्याईएको छ । अन्तर्राष्ट्रिय उडानमा अव ७३५ प्रति किलो लिटर अमेरिकी डलर तिर्नु पर्ने छ ।

खाना पकाउने ग्याँसको मुल्य भने निगमले यथावत कायम राखेको छ । निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यसँग समायोजन गर्दा मुल्य बढाउनु परेको विज्ञप्ति मार्फत जनाएको छ ।

अन्र्तराष्ट्रिय बजारमा मुल्य घट्दा भने निगमले घटाउँदै नघटाउने वा घटाएपनि अत्यन्त कम घटाउने गरेको छ भने बढाउनु पर्दा निगमको घाटा देखाउने गरेको छ । गत जेठ २२ गते मात्र निगमले पेट्रोल, डिजेलरमटितेल तथा हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।

निगमले डलरसँग नेपाली मुद्राको अववमूल्यनका कारण भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।

Previous articleकस्तो आम्दानीमा कति कर ? थाह पाईराख्नुस !
Next articleऔषधी व्यवसायी संघ बाँकेद्धारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here