नेपालगञ्जको बजेट एक अर्ब ५४ करोड

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि एक अर्व ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको अनुमानित बजेट वजेट ल्याएको छ ।

बिहिवार नवौं नगरसभामा उपप्रमुख उमा थापा मगरले आगामी आर्थिकवर्षका लागि बजेट सार्वजनिक गर्नुभएको हो । बजेट प्रस्तुत गर्दै उपप्रमुख उमा थापा मगरले नगरका २३ वडाका लागि २८ करोड बजेट विनियोजन भएको जानकारी दिनुभयो ।

नेपालगञ्जले आन्तरिक राजश्वको दायराम बढाई आन्तरिक श्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्नु अपरिहार्य रहेको जनाएको
छ ।

चालु आव २०७७÷७८ मा नेपालगञ्जको कुल बजेट एक अरब ४९ करोड ४२ लाख १७ हजार ५१० रुपियाँको छ । कोभिडका कारण गतवर्ष नेपालगञ्जले आन्तरिक आय लक्ष्य अनुसार उठाउन सकेको छैन ।

कर संकलनमा नेपालगञ्ज उद्योग बाणिज्य संघसँग सहकार्य गरिने भएको छ । बजेटमा अनुमानित भन्दा बढि ब्यवसाय कर बृद्धि भएमा अनुमानित भन्दा बढि आम्दानी भएको रकमको २० प्रतिशत संघलाई आव २०७९÷८० मा अनुदानको रुपमा उपलब्ध गराइने भएको छ ।

बजेटमा वहाल करमा छुट, अपांगता भएका ब्यक्ति, महिलाद्धारा सञ्चालित उद्योग व्यवसायमा कर छुटको नीति ल्याइएको छ । कोभिडका कारण स्वदेश फर्केका ब्यक्तिलाई ब्यवसायमा लाग्ने करमा समेत छुटको ब्यवस्था गरिएको उपप्रमुख मगरले जानकारी दिनुभयो ।

Previous articleहिमालयन बैंकद्वारा भेरी अस्पताललाई नगद सहयोग हस्तान्तरण
Next articleखजुरा गाउँपालिकाको बजेट ७५ करोड ९३ लाख

1 COMMENT

Leave a Reply to D.C.Barnwal Cancel reply

Please enter your comment!
Please enter your name here