
नेपालगन्ज । हिमालयन बैंक लिमिटेड, नेपालगन्ज शाखाले भेरी अस्पताल नेपालगन्जलाई कोरोना संक्रमण प्रतिकार्यको स्वास्थ्य सामाग्री खरिद गर्न नगद रु. १ लाख ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
आर्थिक सहयोग वापतको चेक रकम हिमालयन बैंक लिमिटेड, नेपालगन्ज शाखाका शाखा प्रवन्धक शैलेन्द्रमान श्रेष्ठले भेरी अस्पताल नेपालगन्जका निमित्त प्रमुख तथा मे.सु.डा. खग्रेन्द्र जंग शाहलाई हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा भेरी अञ्चल अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठ र अस्पतालका मेट्रोनको पनि उपस्थिति थियो ।
हिमालयन बैंक लिमिटेड, नेपालगन्ज शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत भेरी अस्पताल, नेपालगन्जलाई कोभिड–१९ महामारी विरुद्धको लडाईमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री तथा कोरोनाबाट संक्रमित विरामीहरुलाई आवश्यक पर्ने सामाग्री खरीद गर्नका लागि रु. १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको शाखा प्रवन्धक श्रेष्ठले बताउनु भयो ।





