
नेपालगञ्ज । नेपालगंज उपमहानगरपालिकाले कोरोनाको सम्भावित तेश्रॊ लहरको पूर्व तयारी तथा व्यवस्थापन कार्य सुरु गरेको छ ।
कोरोनाको तेस्रो लहरको तयारीकै अवस्थामा आइतबार विश्वका चिकित्सक (एम.डि.एम.फ्रान्स) नामक अन्तर्रास्ट्रिय गैरसरकारी संस्थाले १६ लाख रकम बराबरको मेडिकल उपकरणहरु उप महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
संस्थाका कार्यक्रम प्रबन्धक बसन्त थापाले उपमहानगरपालिकाका प्रमुख कर्यकारी अधिकृत हिरालाल रेग्मीलाई मेडिकल उपकरण हस्तान्तरण गर्नुभएको छ ।
प्रमुख कार्यकारी अधिकृत रेग्मीले हस्तान्तरण कार्यक्रममा संस्थाले महामारीमा खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले एम.डि.एम.फ्रान्सले स्वास्थ्यकर्मीहरुको पेशागत स्वास्थ्यमा समेत क्षमाता बिकासमा सहयोग गरेकोमा धन्यवाद प्रकट गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा विश्वका चिकित्सक नामक संस्थाले जी.आइ.जेड र फ्रान्सको राजदुतावाससंगको सहकार्यमा सामाग्री उपलब्ध गराएको हो ।
साथै संस्थाले नेपालगञ्जमा स्वास्थ्य सरसफाईकर्मी परियोजना गत वर्षदेखि संचालन गर्दै आएको छ ।





