
नेपालगञ्ज । भन्सार छलेर ल्याइएको करिब आठ लाख बराबरको सामन बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ मा लुकाएर राखिएको आठ लाख बराबरको अबैध सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार साँझ पत्रकार सम्मेलनमार्फत बराबद सामान सार्वजनिक गरेको छ । प्रहरीका अनुसार शनिबार दिँउसो नेपालगञ्ज ७ स्थित एम पि स्कुल नजिक अरबिन्द पछाईको घरमा सामान राखिएको सूचना पाएपछि छापामा मारेर उक्त सामान बरामद गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ जमुनाहका ३२ वर्षीय मोनु कवाडियाले एम पि स्कुल नजिक पछाईको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनको कोठामै उक्त सामान राखेको फेला परेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले बताउनुभयो ।
भारतबाट अबैध रुपमा मोटरसाईकल तथा गाडीका पाठपुर्जा, कपडा, छाता लगायतका सामान प्रहरीले फेला पारेको हो । फेला पारेको सामन आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाएको जनाएको छ ।







