शैक्षिक मुद्धाबारे स्थानीय दलहरुका नेतृत्वसँग अन्तरक्रिया

नेपालगञ्ज । नेपाल शिक्षक महासंघ, नेपालगन्ज नगर समितिले आफ्ना शैक्षिक मुद्धाबारे स्थानीय राजनैतिक दलहरुका नेतृत्वसँग शनिबार छलफल तथा अन्तरक्रिया गरेको छ।

शिक्षक महासंघले शिक्षा, विद्यालय शिक्षक-कर्मचारी, बालविकास लगायतका विषयमा सारेको आफ्ना विभिन्न ३४ बुँदे माग तथा औचित्यताबारे जानकार तथा त्यसउपर गम्भीर ध्यानाकर्षण गराउन स्थानीय राजनैतिक दलहरुसंग सो अन्तक्रिया गरेको हो ।

सरकारले आफुहरु संग गरेका महत्वपूर्ण केही सम्झौताहरु अझै कार्यन्वयन नगरेको, शिक्षक तथा उमेर पुगेका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप अविलम्ब लगाइनुपर्ने लगायतका विभिन्न ३४ बुँदे मागहरु राख्दै शिक्षक महासंघले देशभर चरणवद्ध आन्दोलन जारी राखेको छ ।

तालिका अनुसार आन्दोलनको चौथो चरणमा शुक्रबार मात्रै स्थानीय पालिका स्तरमा तीन घण्टा धर्ना प्रदर्शन गरेको शिक्षक महासंघद्वारा शनिबार आयोजित उक्त छलफल तथा अन्तक्रिया
कार्यक्रममा नेपालगञ्ज उप महानगरपालिकामा गठित नेपाली काँग्रेस पार्टी सभापति प्रशान्त विष्ट, नेपाल कम्युनिस्ट पार्टीका नेता प्रतिनिधि धर्मराज न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मनोज कुमार श्रेष्ठ लगायतका पार्टी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा नेपाल शिक्षक महासंघ राष्ट्रिय सदस्यद्वय दोर्ण वली र गणेशा कार्की, प्रदेश सदस्य मिना चन्द, नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका सचिव तोजिन्द्रबहादुर वि.क., नेपाल शिक्षक संघ बाँके अध्यक्ष विरेन्द्र यादवसहित बालविकास शिक्षक प्रतिनिधिहरु, राहत शिक्षक प्रतिनिधि, विद्यालय कर्मचारी परिषदका नेता प्रतिनिधि, साविक उच्च माध्यमिकका प्रतिनिधि, जिल्ला, स्थानीय तहका शिक्षक नेताहरुको पनि उपस्थिति रहेको थियो ।

पेशागत सुधारका लागि उठाइएका मुद्दामा गहन छलफल भइ सहभागी नेताहरुले आन्दोलनलाई समर्थन र सक्दो सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए ।

Previous articleनेपालगञ्ज ७ बाट आठ लाख बराबरको अबैध समान बरामद
Next articleनेपालगञ्जको बजेट पारित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here