एसिएन च्याम्पियनसिपका लागि पहिलो चरणमा १८ खेलाडी छनोट

काठमाडौं । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपका लागि पहिलो चरणमा १८ खेलाडी छनोट भएका छन् ।

प्रारम्भिक प्रशिक्षणमा बोलाइएका २७ मध्येबाट छनोट समितिले १८ खेलाडी छनोट गरिएको नेपाल भलिबल संघमा उपाध्यक्ष निरोज मास्केले जानकारी दिइन् । नेपाल भलिबल संघका सचिव मानविर छन्त्यालको संयोजकत्वमा रहेको ७ सदस्यीय छनोट समितिले शनिवार १८ खेलाडी छनोट गरेको हो ।

पहिलो चरणमै राष्ट्रिय टिमबाट खेलिसकेका दुई खेलाडी कमला पुन र हिरा केसी बाहिरिएका छन् । यस्तै कृपा अधिकारी र मनिषा चौधरी १८ सदस्यीय टिममा पनि निरन्तरता पाएका छन् ।

सरस्वती जैशी, लक्ष्मी चन्द, रिया कुँवर, कविता भट्ट, शान्ति थारु, पहिलो पटक १८ सदस्यीय टोलीमा अटाएका छन् ।

पछिल्लो पटक २०७६ मा नेपालमै भएको १३ औं साग खेलेका कप्तान अरुणा शाहीसहित ११ खेलाडीले निरन्तरता पाएका छन् । त्यो बेला टिममा पुनम चन्द यस पटक प्रारम्भिक प्रशिक्षणमै सहभागी भइनन् । नेपाल पुलिसको तालिममा रहेकाले पुनसहित ३ खेलाडी प्रशिक्षणमा आएका थिएनन् ।

अब १८ जनाबाट १४ सदस्यीय अन्तिम टोली छनोट गरिने मास्केले जानकारी दिइन् । यस्तै नेपाली टिमको म्यानेजरमा ज्योती केसीलाई नियुक्त गरिएको छ । यसअघि उपाध्यक्ष मास्केलाई नै म्यानेजर बनाएपनि उनले राजीनामा दिएपछि केसीलाई नयाँ म्यानेजर बनाइएको हो ।

Previous articleसंचार विधेयकका विरुद्ध पत्रकार महासंघ आन्दोलनमा, लुम्बिनीका १२ जिल्लामा ज्ञापन पत्र बुझाईदै
Next articleनेपालगञ्ज ७ बाट आठ लाख बराबरको अबैध समान बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here