
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा गाउँमा रहेका ५० घरधुरी र दैनिक ७ सय विद्यार्थीहरु अध्ययन गर्न विद्यालय जानलाई प्रयोगमा आउने बाटो तथा नाला करिब ४०–५० वर्षको प्रतिक्षापछि दुबैतर्फ नाला निर्माण कार्यले पूर्णता पाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्राको नाम लिने बित्तिकै सबभन्दा बढी नेता उत्पादन गर्ने वार्डको रुपमा जिल्ला मै स्थापित रहेको पाईन्छ । तर विकासको गतिमा कछुवाको गति झै बिस्तारै हिडेको छ भन्दा फर्क पर्दैन भनी स्थानीयबासीहरु कै भनाई रहेको बुझिन्छ, कारण खासै होइन विकासप्रेमी नेताहरु धेरै भएको हुँदा ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को वडा कार्यालयमा रहेका प्रतिनिधिहरुलाई पटक–पटक नाला निर्माण गर्नुस भन्दा केही न केही समस्या उत्पादन हुने गरेको तथ्य कसैबाट लुकेको छैन् । पहिले ८ मिटर नाला बनाउने सहमति, त्यसपछि ६ मिटर नाला निर्माण गर्ने सहमति हुँदै अन्त्यमा साढे ५ मिटर दुबैतर्फ नाला निर्माण गर्ने सहमति टोलबासी विकास प्रेमीहरुले गरेका थिए ।
उक्त सहमति अगावै फुल्टेक्रा माध्यमिक विद्यालयलाई ६ मिटरको स्केल अनुसार तोडिएको र पछि साढे ५ मिटर नाला निर्माण गर्ने टोलबासीमा सहमति हुँदा फुल्टेक्रा माध्यमिक विद्यालयलाई तोडफोड गर्दा लागेको करीब १२ लाख रुपैयाँ वालुवामा पानी सरह बगेको भनाई शिक्षा प्रेमीहरुको रहेको पाईन्छ । शिक्षा प्रेमीहरुका अनुसार यदि साढे ५ मिटर मै दुबैतर्फ नाला निर्माण गर्ने सोच रहेको थियो भने विद्यालयलाई साँधुरो बनाएर वडाको १२ लाख फजुल खर्च नगर्नु पर्ने बताउँछन् ।
आफूलाई उच्च ओहदाका समाजमा विकास प्रेमी भन्न रुचाउने एकजना नेताले नारायण बर्माको घरदेखि फुल्टेक्रा माध्यमिक विद्यालयसम्म दुबैतर्फ नाला निर्माण गर्दा पहिला ६ मिटरको मापदण्ड भएको र हाल साढे ५ मिटरमा दुबैतर्फ नाला निर्माण गरेको हुँदा आफूले बिल, भरपाई फर्चोटमा हस्ताक्षर नगर्ने समेत बताएका छन् ।
उनी विकासप्रेमी नेताले नै आफू छेउको नाला ईष्टीमेटमा राखिएको हुँदा पहिलो चरणमा निर्माण गर्न नलगाए अरु कामै हुन नदिने समेत उदघोष गरेका थिए । ठ्रूलो संघर्षपछि नारायण बर्माको घरदेखि फुल्टेक्रा मा।वि।को कर्नरसम्म दुबैतर्फ नाला निर्माण गर्ने भनी उपभोक्ता समिति गठन गरिएको र उक्त उपभोक्ता समितिको अध्यक्षताका लागि टोलबासीहरुले पत्रकार चन्द्रेश्वराज त्रिपाठीलाई नेतृत्व दिनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष त्रिपाठीले भन्नुभयो – आफूले पाएको जिम्मेवारी बहन गर्न आफ्नो कार्यलाई समेत थाती राखि दिनरात निर्माण स्थलमा खटिएर ईष्टीमेट अनुसार अव्वल ईट्टा, स्थानीय मजदुर, स्थानीय व्यक्तिहरुबाट बलुवा, मोर·, गिट्टी समेतको उपयोग गरी अषाढ ६ गतेदेखि कार्य थालनी गरी अषाढ २५ गते भित्र ५ सय ७८ मिटरको दुबैतर्फ नाला निर्माण कार्य सम्पन्न गरिसकेको जानकारी गराउनुभयो ।
अध्यक्ष त्रिपाठीले खर्च समेत फर्चोट गरिसकेका छन् । त्रिपाठीका अनुसार बालुवा, मोर·, गिट्टी, जेसिबिमा २ लाख ७० हजार खर्च लागेको छ । त्यसैगरी वडाबासीबाटै १ नं.को ईट्टा खरिद गरी ७ लाख ५९ हजार ३ सय ६० रुपैयाँ बराबर भ्याट बिल पेश गरिएको तथा सिमेन्ट र सरिया खरीद गर्दा ३ लाख ८५ हजार ७ सय ३२ रुपैया ५६ पैसा खर्च गरिएको जानकारी गराउनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष त्रिपाठीले वडा कार्यालय मार्फत दुबैतर्फ नाला निर्माण गर्न १८ लाख ४४ हजार ८ सय ६५ रुपैया २१ पैसा टोटल बजेट बिनियोजित गरिएको मध्ये स्थानीय मजदुरहरुलाई फाईदा भएको जानकारी गराउँदै भन्नुभयो– ‘वडाले दिएको बजेटमा बचेको पैसा ३४ जना मजदुरहरुलाई १९ दिन श्रम गरे वापत ३ लाख ८१ हजार ९ सय रुपैया भुक्तानी गरिएको छ ।’
अध्यक्ष त्रिपाठीले आउने केही दिनमा ६ नं. वडा कार्यालयमार्फत बाटो निर्माण र निर्माण गरिएको नालामाथि लगाउने ढक्क समेतको निर्माण कार्य हुने प्रतिबद्धता आएको जानकारी गराउनुभयो । उक्त दुबैतर्फ निर्माण कार्यको अनुगमनमा पुगेका नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगरका अनुसार निर्माण गरिएको कार्य ईष्टीमेट अनुसार नै गरिएको जानकारी गराउँदै भए गरेका काम राम्रो भएको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंहले आउने ०७८÷०७९ को बजेटबाट निर्माण गरिएको नालामाथि ढक्कन र बाटो पिच गर्ने बजेट बिनियोजित गरिएको हुँदा छिट्टै कार्यको थालनी गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो ।
वडाअध्यक्ष सिंहको प्रत्यक्ष निगरानीमा गरिएको कार्य सन्तोषजनक भएको अनुगमन समितिका संयोजक तथा वडा सदस्य दिपक श्रेष्ठले बताउनुभयो । दैनिक रुपमा कार्य मूल्यांकन गरिएको र भएका कार्यमा कुनै लापरवाही नभएको, ईष्टीमेटमा समावेश गर्न छुटेको कार्य समेत गरिएको वडा नं. ६ का सव–ईन्जिनियर प्रियंका आचार्यले बताउनुभयो ।
उपभोक्ता समितिका कोषाध्यक्ष अनुजासिंह राठौरका अनुसार वडा कार्यालयमार्फत ईष्टीमेट गरिएको बजेटभन्दा बढी कार्य गरिएको बताउनुभयो । कोषाध्यक्ष राठौरले भन्नुभयो– ‘वडाले ईष्टीमेट बनाउँदा मान्छे हिंड्ने बाटोमाथि ४ स्थानमा ढक्कन लगाउन छुटाएको हुँदा वडाअध्यक्षलाई जानकारी गराई ५ मिटर, ३ मिटर, २ मिटर, ३ मिटर ढक्कन निर्माण कार्य सम्पन्न गरिएको छ।’






