इनार खन्दा श्रीलंकामा भेटियो झन्डै १२ अर्बको नीलमणि

एजेन्सी, कोलोम्बो । श्रीलंकाका अधिकारीहरूले संसारकै सबैभन्दा ठूलो नीलमणि आफ्नो देशमा फेला परेको बताएका छन् ।

बिबिसीका अनुसार रत्नहरू प्रशस्त पाइने श्रीलंकाको रत्नपुरा क्षेत्रमा केही कामदारले इनार खन्दा उक्त नीलमणि फेला पारेका हुन् । एक जना रत्न व्यापारीले आफ्नो घरको छेउमा इनार खन्न लगाएका थिए ।

विज्ञहरूले ५१० किलोग्रामको उक्त नीलमणिको अन्तर्राष्ट्रिय बजार मूल्य अहिले १० करोड डलर ९११ अर्ब ८८ करोड रुपैयाँ० रहेको बताएका छन् ।

‘इनार खनिरहेको मान्छेले मलाई अनौठा ढुंगाहरू भेटिएको भनेर जानकारी गराएका थिए, पछि त यति ठूलो नीलमणि भेटियो,’ गामागे नाम गरेका ती रत्न व्यापारीले भने । सुरक्षाका कारण उनले आफ्नो पूरा नाम बताउन चाहेनन् ।

गामागेको परिवार तीन पुस्तादेखि रत्न व्यापार गरिरहेको छ । ठूलो ढुंगो भेटिएपछि उनले यो नीलमणि हो कि होइन भनेर जाँच्न अधिकारीहरूलाई खबर गरेका थिए। त्यसमा लागेको हिलो र अन्य कुरा हटाएर त्यसलाई शुद्ध नीलमणि प्रमाणित गर्न झन्डै एक वर्ष लागेको थियो ।

रत्नपुरामा अरू प्रकारमा बहुमूल्य रत्न पनि पाइन्छन् । श्रीलंका अन्तर्राष्ट्रिय बजारमा रत्न निर्यात गर्ने प्रमुख मुलुक हो । गत वर्षमात्रै श्रीलंकाले रत्न बेचेर झन्डै आधा अर्ब अमेरिकी डलर कमाएको थियो ।

अहिले भेटिएको नीलमणि ४० करोड वर्ष पहिले बनेको हुनसक्ने विज्ञहरूको भनाइ छ । ‘मैले यति ठूलो नीलमणि यसअघि कहिल्यै देखेको थिइनँ । यो लगभग ४० करोड वर्ष पहिला बनेको हुनुपर्छ,’ रत्नविज्ञ डाक्टर गामिनी जोइसाले भने । सेतोपाटी

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments