जानकीका समाजसेवी बर्मा र यादव जसपामा प्रवेश

नेपालगञ्ज । जनता समाजवादी पार्टीमा जनताहरुको आकर्षण बढेको छ । सोही क्रममा बिहीबार जानकी गाउँपालिकाका समाजसेवामा सक्रिय युवाहरु जसपामा प्रवेश गरेका छन् ।

जानकी गाउँपालिका वडा नं– २ का समाजसेवामा सक्रिय धर्मराज बर्मा र इन्द्रजित यादव जसपामा प्रवेश गर्नुभएको हो । उहाँहरुलाई जिल्ला समन्वय समिति बाँकेका प्रमुख एवं जसपाका केन्द्रीय सदस्य अजय श्रीवास्तव, केन्द्रीय सदस्य हिक्मत बिक, प्रदेश अध्यक्ष अशोक यादव, जिल्ला अध्यक्ष कमरुद्दीन राई, भारत प्रवास समितिका महासचिव लोकेन्द्र श्रीपाईली नगर, अध्यक्ष श्रवण यादव, क्षेत्र न। २ का अध्यक्ष सुर्यलाल यादव, क्षेत्र न। ३ का अध्यक्ष राजिव बर्माको उपस्थितिमा उहांहरुलाई खादा ओढाइ पार्टी प्रवेश गराइएको जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

Previous articleसमुदायको समस्याप्रति सरोकारवालाको प्रतिबद्धता
Next articleबाँकेमा हात्तीको दाँतसहित ३ पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here