
नरैनापुर । नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ कोहलामा बिहीबार हरितालिकाको अवसरमा बृहत तीज साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
मुक्तिनाथ महिला समूहको आयोजना तथा नरैनापुर गाउँपालिकाको आर्थिक सहयोग सो कार्यक्रम सम्पन्न भएको हो ।
नरैनापुर गाउँपालिकाका कार्यबाहक अध्यक्ष मसूद अहमद शाहको प्रमुख अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष बीरेन्द्रपाल सिंह, राप्तीसोनारी गाउँपालिका वडा नंं ७ का वडा अध्यक्ष रामलखन थारु, किसान माध्यामिक बिद्यालयका अध्यक्ष बृजेन्द्र यादव, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्ग, नरैनापुर गाउँपालिका वडा नं.६ का वडा सचिव जिवनलाल यादव लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगिताको एकल नृत्यतर्फ करिना भण्डारी प्रथम, शिक्षा शिरिष मगर दोस्रो, निशा भट्टराई तृतीय र निरन्जना गिरी सान्तावना स्थान प्राप्त गर्न सफल हुनुभएको छ । विजयी प्रतियोगीहरुलाई क्रमशः २०००, १५००, १००० र ५०० नगद प्रदान गरिएको छ ।
त्यसैगरी सामुहिक नृत्य प्रतियोगितातर्फ जय किसान माध्यामिक बिद्यालयको सृजनशिल किशोरी क्लब प्रथम भएको छ । सो क्लबले नगद ४ हजार प्राप्त गर्न सफल भएको छ ।
उक्त समुहमा दुर्गा चौधरी, टीका रोकाय, करुना बि.क.र रिता पुनले नृत्य प्रस्तुत गर्नुभएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा सूर्यलाल यादव, भिष्म लोध र धनु भट्टराई रहनुभएको थियो भने कार्यक्रमलाई अरुण यादवले संचालन गर्नुभएको थियो ।
मुक्तिनाथ महिला समूह बिन बैजालीको अध्यक्षतामा भएको कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नं ६ र ७, नरैनापुर गाउँपालिका वडा नं ६ र ७ का सर्वसाधारणको उपस्थिति रहेको थियो ।








