नरैनापुर ६ पालिकाकै पहिलो बाल विवाह मुक्त वडा घोषणा हुँदै

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ६ लाई बाल विवाह मुक्त घोषणा गरिदैछ ।

आज शनिबार दिउँसो एक समारोहकाबीच गाउँपालिकाकै पहिलो वडाका रुपमा वडा नं ६ लाई बाल विवाह मुक्त घोषणा गर्न लागिएको हो ।

वडा अध्यक्ष बिरेन्द्रपाल सिंहका अनुसार दिउँसो एक कार्यक्रममार्फत वडालाई औपचारिक रुपमा घोषणा गर्न लागिएको छ ।

वडालाई बाल विवाह मुक्त बनाउने अभियानका रुपमा लामो समयदेखि प्लान नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मंचले कार्यक्रम गर्दै आएको बाल विवाह रोकथाम परियोजनाका सुपरभाईजर एव नरैनापुरका स्थानीय त्रिभुवन प्रसाद यादवले जानकारी दिनुभयो ।

जिल्लामा पछिल्लो समय वडाहरुलाई बाल विवाहमुक्त घोषणा कार्यक्रम तीब्र रुपमा चलिरहेको छ ।

Previous articleआज ऋषिपञ्चमी, सप्तऋषिको पूजाआजा गरिँदै
Next article५७६ मेगापिक्सेलको क्यामरा बनाउँदै सामसुङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here