खजुरा ७ स्थित सोनवर्षामा निःशुल्क स्वास्थ्य शिबिर, ४५० जनालाई सेवा प्रदान

खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा न ७ स्थित कालिका प्राथमिक बिद्यालय सोनवर्षामा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । कुर्मी बर्मा सहयोगी हात बाँकेको आयोजनामामा उक्त शिबिर सम्पन्न गरिएको हो ।

शिबिरलाई खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति र संबिधान सभा सदस्य परमान्द बर्माले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बिक, वडा नं ७ का वडा अध्यक्ष अतिउल्ला खाँ, कालिका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागरमल बर्मा, प्रधानाध्यापक भोला बहादुर बिकको समेत उपस्थिति रहेको थियो ।

शिबिरमार्फत २८० जनालाई आँखा चेकजाँचको सेवा प्रदान गरिएको छ भने १७० जनालाई नाक, कान, घाँटीको चेकजाँच सेवा प्रदान गरिएको छ । चेकजाँचसंगै निशुल्क रुपमा औषधी समेत उपलब्ध गराइएको छ ।

शिबिरमा बरिष्ठ नाक, कान, घाँटी बिशेषज्ञ डा.लोकराम बर्मा, डा.दिनेश कुमार चौधरी, कान सहायकहरु मनलाल चौधरी, तीर्थमान चौधरी, नेत बिशेषज्ञ डा.राजेश श्रेष्ठ, नेत्र अधिकृत उमेर सादिक, नेत्र सहायक सुपरभाईजर हेमराज बर्मा, युवराज बर्मा तथा प्राबिधिकहरु हृदयराम बर्मा, जवाहर लाल बर्मा, अप्टोमेटिष्ट जितेन्द्र बर्मा, कैलाश गुप्ता, नूर मोहम्मद अन्सारी, श्रुति सुवेदी, मनिषा मल्ल लगायतको टोलीले चेकजाँचको सेवा प्रदान गरेको थियो ।

शिबिरमा सेवा प्रदान गरिएकामध्ये ४५ जना आँखाका बिरामीहरुको सल्याक्रियाका लागि फत्तेबाल आँखा अस्पताल र ७ जना कानका बिरामीहरुको शल्यक्रियाका लागि भेरी अस्पताल तथा ब्रिनोज कान स्वास्थ्य सेवा स्याहार केन्द्रमा रिफर गरिएको जनाइएको छ ।

आँखाका बिरामीहरुलाई फत्तेबालले आफ्नो नियमानुसार निःशुल्क सेवा प्रदान गर्नेछ भने भेरी तथा ब्रिनोजले बिशेष सहुलियत दरमा सेवा प्रदान गर्ने कुर्मी बर्मा सहयोगी हात बाँकेका संयोजक डा.कौशल कुमार बर्माले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो ।

Previous articleजनमत अर्द्ध साप्ताहिकद्धारा ५० औं पटक रक्तदान
Next articleकमेडी च्याम्पियन-२ को बिजेता भरतमणि पौडेल बन्न सफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here