जनमत अर्द्ध साप्ताहिकद्धारा ५० औं पटक रक्तदान

नेपालगन्ज । जनमत अर्द्ध साप्ताहिक पत्रिकाको आयोजना तजा जय बागेश्वरी सिमेन्ट उद्योग प्रालि, गनापुरको सहकार्यमा ५० औ पटक रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।

भेरी अस्पतालमा विभिन्न जिल्लााबाट विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने र रगतको अभावलाई केहि हदसम्म कम गर्ने उद्देश्यले त्रैमासिक रुपमा २०६३ बैशाख २७ गते देखि निरन्तर रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक संस्था जनमत अर्द्ध साप्ताहिक पत्रिकाका सम्पादक पुर्णलाल चुकेले बताउनुभयो ।

रगत अभाव हुदाँ रगत कहि पनि नपाईने र रगत मानव शरीरमा नै निमार्ण हुने हुदाँ रक्तदान गर्न एकदमै आवश्यक रहेको कार्यक्रम संयोजक पवन जयसवालले बताउनुभयो ।

रगतको अभावले अकालमै ज्यान गुमाउनबाट बचाउनको लागी रगत नभई नहुने हुन्छ त्यस्कारण आफुले गरेका रक्तदानले कसैको ज्यान जोगीन्छ भने त्यो महान पुण्य कार्य भएको रक्त सन्चार केन्द्रका सुनिल पुलामीले सबैलाई रक्तदान गर्न अनुरोध समेत गर्नुभयो ।

साथै त्यस कारण रक्तदान गर्दा कुनै पनि शरिरलाई असर र कमजोरी नहुने बताउनुभयो । सो रक्तदान कार्यक्रममा ४६ पिण्ट रगत संकलन भएको आयोजकले बताएको छ ।

रक्तदान गर्नेहरुमा निरजमान श्रेष्ठ, मनमोहन बर्मा, जानकी गाउँपालिका वडा नं.५का वडा अध्यक्ष रमेश कुमार बर्मा, प्रमोद कुमार यादव, नेपाल रेडक्रस सोसाईटीका कर्मचारीहरु सुनिल रतगैया, सन्जय बढही, प्रल्हाद बहादुर विश्वकर्मा, होमराज गिरी, पत्रकार शंकर प्रसाद खनाल, जागेश्वर थारु, सोम गुरुङ्ग, प्रमोड डिजी साथै दिला शाह, सरिता बैश्य,लक्ष्मण कुमार बैश्य, पवन कुमार बैश्य,विनोद कुमार बैश्य, भगवान दाश यादव, गुरद्धिन यादव र अशोक कुमार मौर्य लगायत रहनुभएको थियो ।

सो रक्तदान कार्यक्रममा सहकार्य गरेकोमा जय बागेश्वरी सिमेन्ट उद्योग प्रालि, गनापुरका महाप्रबन्धक सुमन कुमार श्रेष्ठलाई जनमत अर्द्ध साप्ताहिक पत्रिकाका सम्पादक पुर्णलाल चुके र नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्त सन्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले संयुक्त रुपमा प्रशंसा प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

Previous articleबलिउड अभिनेता सुदमाथि २० करोड आयकर छलीको आरोप
Next articleखजुरा ७ स्थित सोनवर्षामा निःशुल्क स्वास्थ्य शिबिर, ४५० जनालाई सेवा प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here