कमेडी च्याम्पियन-२ को बिजेता भरतमणि पौडेल बन्न सफल

काठमाण्डौ । इलामका भरतमणि पौडेलले रियालिटी सो कमेडी च्याम्पियन २ को उपाधि जित्नुभएको छ । विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जित्नुभएको हो ।

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका पौडेलले उपाधि जित्नुभएको हो । उपाधिसँगै पौडेलले कार र २५ लाख नगदसमेत पाउनुभएको छ ।

यस्तै भारत सिक्किमका विक्की अग्रवाल दोस्रो हुनुभएको छ भने उहाँले मोटरसाइकल उपहार पाउनुभएको छ । कलाकारमा मनोरञ्जन गराउने खुबीसँगै सिर्जनशील प्रस्तुति दिने चुनौती पनि हुन्छ । यसका लागि कलाकारले चुनौती मोल्ने जोखिम मोल्न सक्नु पर्छ । कमेडी च्याम्पियनको दोस्रो सिजनमा विक्कीले यस्तै जोखिम मोल्ने साहस देखाएर चर्चा कमाउनुभएको थियो ।

यस्तै गोरखाका सन्तोष थापा तेस्रो हुनुभयो । उहाँले स्कुटर जित्नुभयो । नाटकमा केही काम गरेको अनुभव भएपनि सन्तोष प्रहरी बन्न हिँड्नुभएको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments