
सामसङ कम्पनीले अत्याधुनिक प्रविधियुक्त ग्यालेक्सी ए ५ टूएस फाइभजी फोन नेपाली बजारमा ल्याएको छ ।
थप सुविधासहित ग्यालेक्सी ए ५ टूएस फाइभजी स्मार्टफोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यसमा क्वान्टम्स स्न्यापड्रागन ७७८ जी प्रोसेसर, ओआईएसका साथ ६४ जीबी क्वाड क्यामरालगायत विशेषता छन् ।
ग्यालेक्सी ए ५ टूएस फाइभजीको मूल्य ५३ हजार ९ सय ९९ रुपैयाँदेखि सुरु हुने सामसङले जानकारी दिएको छ ।





