बर्दियाको मधुवनमा सीमा लक्षित सुरक्षित संञ्जाल गठन

मधुवन । बर्दियाको मधुवन नगरपालिका अन्तगत वडा नं ५ मा रहेको शक्तिपुर नाकालाई लक्षित गरी मानब बेचबिखन रोकथामका लागि सुरक्षित संञ्जाल गठन गरिएको छ ।

नेपाल प्रहरी, ससस्त्र प्रहरी, वडा समितिका सदस्यहरु, स्थानिय आमा समुह, स्वास्थ्यका प्रतिनिधि, स्थानिय शिक्षक बिद्यार्थी, युवासमेतको सहभागीतामा वडा अध्यक्ष कर्ण बहादुर खड्काको अध्यक्षतामा सञ्जाल गठन गरिएको हो ।

संञ्जालले स्थानिय स्तरमा नयाँ एवं शंकास्पद ब्यक्ति आएको थाहा भएमा सोधपुछ एवं निगरानी गर्ने, जोखिमपुर्ण अवस्थामा रहेको शंका लागेका ब्यक्तिहरुलाई परामर्श दिने, बाटोमा समस्याग्रस्त देखिएमा नेपाल प्रहरी, माइती नेपाल समेतलाई सुचना एवं जानकारी दिने कार्य गर्नेछ ।

स्थानियस्तरमा आआफ्नो कामको सिलसिलामा घर वरिपरि रहदा या कतै जाँदा समेत त्यस्ता संकास्पद ब्यक्तिहरुको बारेमा जानकारी लिने दिने र आवश्यकता अनुसार सिफारिस समेत गर्ने कुरा सञ्जाल गठन कार्यक्रममा जोड दिइएको छ ।

संजालले सक्रिय रुपमा काम गरी मानब बेचबिखन तथा ओसार पसार न्युनिकरणका लागी रोकथाम, परामर्श लगायतका कार्य गर्ने प्रतिबद्धता सञ्जालका पधाधिकारी एवं सदस्यहरुले ब्यक्त गरेका थिए ।

गठन कार्यक्रममा मानब बेचबिखनको अवस्था, स्थानिय समुदायको भुमिका समेतका बारेमा माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले प्रकाश पार्नुभएको थियो । सोही नाकामा माइती नेपालले सुचना तथा परामर्श केन्द्र समेत स्थापना गरी कार्य गर्दै आएको छ ।

Previous articleकोहलपुरका स्वास्थ्य संस्थाको अवस्था सार्वजनिक, शम्सेरगन्जबाट ३४ प्रतिशत मापदण्डमा सेवा प्रदान
Next articleराप्तीसोनारी गाउँपालिका खसी उत्पादनको हब बन्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here