राप्तीसोनारी गाउँपालिका खसी उत्पादनको हब बन्दै

राप्तीसोनारी । हेफर ईन्टरनेशनल नेपालको सहयोग तथा भेरी वातावरणीय विशिष्टता समूूह (बी–ग्रुप) बाँकेद्धारा सन्चालित पशु बस्तुको मुल्य श्रृखलामा आधारित साना किसानहरुको संंस्था सबलिकरण परियोजना अन्तर्गत राप्तीसोनारी गाउँपालिकामा आज सहकारी मार्फत जिउँदो खसी बजारीकरण अभियान सन्चालन भएको छ ।

सो कार्यक्रमको प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनी कुमार खत्रीले सहकारीमा आबद्ध महिलाहरुको आर्थिक उकास्नको लागि ५ लाख सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभयो । सार्थ उहाँले महिलाहरुलाई आर्थिक आयआर्जनमा लाग्न अभिप्रेरित गर्नुभयो ।

आउदै गरेका दशै र तिहारलाई मुख्य लक्ष्य बनाई बाँकेका १७ सहकारीले १८३० खसी बिक्री गर्ने लक्ष्य राखेको छ । राप्तीसोनारी गाउँपालिकामा नै १० सहकारी रहेको छ भने अन्य ७ सहकारी अन्य स्थानीय तहमा रहेको छ ।

शुक्रबार नै जिउँदो खसीको खरिद तथा बिक्रि अधिकतम मूल्य प्रति किलो रुपैया ५४० निर्धारण गरिएको छ । जननी सामाजिक उधमी महिला संस्थाका ब्यवस्थापक गणेश बहादुर खत्रीले कृषकहरुलाई भेटनरीको सेवा नभएको बताउनुभयो ।

साथै कृषकले पालेको खसीमा प्रहरीले कागजात पुरा भए पनि विनाकारण दुःख दिने गुनासो गर्नुभयो ।

संर्घष उधमी महिला सहकारी लिमिटेडका प्रबन्धक भुपेन्द्र खड्काले खसी बिक्रि वितरणमा विचौलियाको धेरै समस्या भोग्नुपरेको, गुणस्तर मापदण्डमा नै तौलको आधारमा बिक्रि भएको समेत बताउनुुभयो ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक केबि बिस्टले खसी लोड हुदाँ नजिकैको प्रहरीलाई जानकारी दिनुपर्ने, ढुवानी माप्दण्ड निश्चित हुनु पर्ने र रातमा लोड नगर्न समेत अनुराध गर्नुभयो ।

बी–ग्रुपका उपाध्यक्ष कालिका बस्नेतले सहकारीमा लागेर महिलाहरु आत्मनिर्भर भएको खुशी ब्यक्त गर्नुभयो । हेफर इन्टरनेशनल नेपालका बरिस्ठ कार्याक्रम अधिकृत शरद कुमार पोख्रेलले सहजीकारण गर्नुभएको थियो ।

सो कार्यक्रम सामाजिक उधमी जिल्ला सहकारी संघका अध्यक्ष बशन्ती सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो । सामाजिक उधमी जिल्ला सहकारी संघका ब्यवसायिक प्रबन्धक ननिन शाहुले सन्चालन गर्नुभएको थियो ।

Previous articleबर्दियाको मधुवनमा सीमा लक्षित सुरक्षित संञ्जाल गठन
Next articleनगर स्तरीय बाल क्लब सन्जालको चौथो अधिवेशन, नयाँ नेतृत्व चयन गरिँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here