नेपाली चलचित्र ‘पुरा भयो सपना मेरो’ बाँके र बर्दियामा सुटिङ हुदै

नेपालगन्ज । त्रिकोणात्मक लभस्टोरीमा आधारित निर्माण हुन लागेको नेपाली चलचित्र ‘पुरा भयो सपना मेरो’ मा नायकको रुपमा रिर्चडस कुमार रसाईलीले डिब्यु गर्ने भएका छन् ।

उनले कथावस्तु र आफ्नो भूमिका मन परेपछि फिल्ममा काम गर्न तयार भएको बताए छन् । फिल्मको मुल कथा नै उनको वरीपरी घुम्नेछ । दशै लगत्तै बाँके र बर्दिया जिल्लाको पर्यटकीय स्थानहरुमा फिल्मको छायांकन सुरु हुनेछ ।

राजु गिरीको लेखन तथा निर्देशनमा बन्न लागेको यस फिल्ममा रिर्चडस कुमार रसाईली मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । अन्य कलाकारमा कमल विके निर्मोही, नायिका भने खोजी भईरहको निर्माताले बताएका छन् ।

अर्जुन पोखरेल र राजेन्द्र बजगाईको रहनेछ । भने द्धन्द्ध निर्देशकमा रमेश सिहं, कोरियोग्राफरमा रामजी लामिछाने, सिनेमाटोग्राफरमा रामेश्वर हुँमागाई रहेका छन् चने लाईन प्रोडयुसर फलिज बिस्ट रहेका छन् ।

यस फिल्मले नेपाली समाजभित्रको यर्थाथ सत्य घटनालाई देखाउने र पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने निर्माता गिरीले बताए ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments