स्वास्थ्यकर्मीसहित एक दर्जन सम्मानित, पत्रकारको सुरक्षाका लागि दुई लाखको दुर्घटना बिमा

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेले कोभिडमा महासंघलाई सहयोग गरेकालाई सम्मान प्रदान गरेको छ ।

शुक्रबार नेपालगञ्जमा कोेभिड सम्मान र शुभकामना अदान प्रदान कार्यक्रमको आयोजना गरेर कोभिडका समयमा महासंघलाई सहयोग गर्नेहरुलाई प्रसंशा पत्रले सम्मान प्रदान गरेको हो ।

महासंघले नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डा.सुभाष योगी, स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्मा, जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, जिल्ला कोभिड १९–व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वली, कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखाका ल्याव टेक्निसियन दिपक शर्मा र जे शर्मा मेडिकलका संचालक जिवन शर्मालाई सम्मानित गरिएको हो ।

यस्तै वडा कार्यालय बाँकेका इन्चार्ज डिल्ली खड्का, गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, व्यवसायी विवेकराज भण्डारी र दिपेन्द्र विष्ट पनि सम्मानित हुनुभएको छ । सम्मानित व्यक्तिहरुले कोभिड महामारीमा पत्रकारहरुलाई विभिन्न खाले सहयोग पुर्याएको महासंघका सचिव कमल डाँगीले बताउनुभयो ।

महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोख्रेल, लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बाँकेका एसपी श्यामकृष्ण अधिकारीलगायतले सम्मानित व्यक्तिहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

यस्तै महासंघले नेपालमै पहिलोपटक बाँकेका ३५३ जना पत्रकारहरुको २ लाख बराबरको वीमा समेत गरेको जनाएको छ ।

Previous articleनेपाली चलचित्र ‘पुरा भयो सपना मेरो’ बाँके र बर्दियामा सुटिङ हुदै
Next articleडा.श्रेष्ठ दम्पत्तिद्वारा एम्बुलेन्सका लागि ५१,१११ सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here