
नेपालगन्ज । बजार अनुगमन समितिले अनुगमनका क्रममा नेपालगन्जबाट पहाडी जिल्ला पठाउन लागिएको गुणस्तरहिन मासु ढुवानीमा राेक लगाएकाे छ ।
अनुगमा समितिले बिहीबार हवाई सेवामार्फत पहाडी जिल्ला पठाउन लागिएको २४० केजी गुणस्तरहिन मासुजन्य पदार्थ ढुवानीमा राेक लगाएको हाे ।
बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देविलाल चाैलागाईले अनुगमनका क्रममा प्याकेजिङ्ग र उचित तापक्रम कायम नगरी असुरक्षित र अस्वस्थ ढंगले मुगु, हुम्ला, डोल्पा लगायतका पहाडी जिल्लामा प्लेनबाट पठाउन लागिएको करिब २ सय २० केजि कुखुराको मासु र २० केजि माछा ढुवानीमा रोक लगाइएको बताउनुभयो ।





