सिंहदरबार भित्र गोली चल्यो

काठमाण्डौं । सिंहदरबार भित्र गोली चलेको छ । बुधबार साँझ ५ बजेतिर राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालको अंगरक्षकको पेस्तोलबाट गोली चलेको हो ।

असई अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

गोली कसैलाई नलागेको उहाँले बताउनुभयो । पेस्तोल भइँमा झरेपछि गोली चलेको जनाइएको छ ।

Previous article‘रेडियोका सूचना र कार्यक्रमबाट जनप्रतिनिधीलाई काम गर्न थप सहज’
Next articleनेपाल फुटबल खेलाडीलाई नगदसहित सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here