प्रकाश र मीनाको समूहले जित्यो ‘दोहोरी च्याम्पियन’को उपाधि

काठमाण्डौ । लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ ।

आज (शनिबार) पोखरामा भएको फाइनलमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई हराएर पराजुली र बुढाथोकीको समूहले उपाधि जितेको हो ।

उपाधि विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । दोस्रो भएको बालचन्द्र बराल र शोभा कार्कीको समूहले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार हस्तान्तरण गर्नुभयो । यो कार्यक्रम नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ ।

Previous articleचितुवाको छाला र हाडसहित काेहलपुरबाट ३ जना पक्राउ
Next articleसमाज कल्याण परिषदद्धारा बर्दियामा संचालित परियोजनाको अनुगमन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here