चितुवाको छाला र हाडसहित काेहलपुरबाट ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले चितुवाको छाला र हाडसहित तीन जनालाई कोहलपुरबाट पक्राउ गरेको छ ।

उनिहरुलाई शुक्रवार साँझ करिब ७ बजेको समयमा पक्राउ गरेकाे जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी उपरीक्षक रविन्द्र खनालका अनुसार वन्युजन्तु चितुवाको छाला र हाडको ओसार पसार भैरहेको भन्ने विशेष सुचनाका आधारमा प्रहरी टोलीले कोहलपुर ११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ मा छापा मार्दा तीन जनालाई चितुवाको छाला एक थान र १ किलो ४० ग्राम चितुवाको हाडसहित नियन्त्रणमा लिन सफल भएको हो ।

पक्राउ परेकाहरुमा बाँके राप्तीसोनारी ९ का ३५ वर्षिय हिरासिंह विक, सुर्खेत पंचपुरी नगरपालिका ७ बस्ने २४ वर्षका रमेश बयक र सोही ठाउँका २८ वर्षका बसन्त बिसी रहेका छन् ।

Previous articleमाहुरी होम बाँकेको अध्यक्षमा दिनेश ठाकुर चयन
Next articleप्रकाश र मीनाको समूहले जित्यो ‘दोहोरी च्याम्पियन’को उपाधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here