रगत अभावका बेला सेवा नेपालद्धारा रक्तदान

नेपालगञ्ज । बाँकेमा रगतको अभाव देखिएपछि संघ संस्थाले रक्तदान कार्यलाई बढाउनेपर्ने देखिएको छ । जिल्लामा रगतको अभाव हुन नदिनका लागि पनि संघसंस्थाहरुले रक्तदान कार्यलाई बढाउनुपर्ने आवश्यकता देखिएको हो ।

कुनैपनि व्यक्तिको रगतको अभावमा ज्यान गुमाउन नपर्ने अवस्था सृजना हुन नदिनका लागि रक्तदाताहरुले रगत दान कार्यलाई गर्न अनुरोध समेत गरिएको छ । रक्तसंचार केन्द्रका अनुसार केहि दिनयता जिल्लामा रगतदाता घटेकाले रगत अभाव देखिएको हो ।

यही क्रममा शुक्रबार नेपालगञ्जमा सेवा नेपाल बाँके नामक संस्थाले रक्तदान कार्यक्रम गरेको छ । बागेश्वरी मन्दिरको प्राँङ्गणमा आयोजना गरिएको कार्यक्रममा ३२ जनाले रक्तदान गरेको जनाइएको छ । कार्यक्रममा बाँकेमा कोरोनाले भयावहस्थिति बनाएको बेला बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीहरुले समेत रक्तदान गरेका छन् ।

सेवा नेपालकी अध्यक्ष लालमाया शाही चलाउनेले रगतको आवश्यकता केहि कम गर्न कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रमले एक दिनका लागि भएपनि बिरामीलाई केहि राहत महसुस हुने आयोजकले अपेक्षा गरेको छ ।

Previous articleनेपालगञ्जमा लैंङ्गिक हिंसा विरूद्वको १६ दिने अभियानको तयारी शुरु
Next articleबाँके क्षेत्र नं २ प्रदेश ‘क’ को सभापतिमा शिव कुमार बर्माको चर्चा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here