बाँके क्षेत्र नं २ प्रदेश ‘क’ को सभापतिमा शिव कुमार बर्माको चर्चा

नेपालगञ्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नं २ प्रदेश ‘क’ को सभापतिमा शिव कुमार बर्मा बलियो उम्मेदवार रहेको देखिएको छ ।

क्षेत्र नं २ को प्रदेश ‘क’ मा उहाँको पकट राम्रै रहेको र मतदाताहरुमाझ लोकप्रिय रहेकाले पनि बलियो मानिएको हो ।

शनिबार क्षेत्र नं २ प्रदेश ‘क’ बाट सभापतिका लागि आफ्नो उम्मेदवारी रहने बताउनुभयो । २ को प्रदेश ‘क’ मा रहेका वडाहरुमा बर्माको पकट बलियो रहेकाले सभापतिमा बर्मा नै निर्वाचित हुने मतदाताको प्रतिक्रिया छ ।

नेतृत्वका लागि सक्षम र नेतृत्व गुण भएकाले पनि मतदातामाझ उहाँको लोकप्रियता बढेको हो । प्रदेश सभा क्षेत्रको निर्वाचनका कार्यक्रम शनिबारदेखि शुरु हुने भएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्रका शनिबार बिहान १० बजेदेखि निर्वाचन कार्यक्रम सुरु जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले बताउनुभयो ।

बाँके क्षेत्र नम्बर १ प्रदेश सभा (क) को फत्तेपुर, (ख) को कोहलपुर, क्षेत्र नम्बर २ (क) को जिल्ला समन्वय समिति नेपालगन्ज, (ख) को नेपाली कांग्रेस बाँकेको कार्यालय र क्षेत्र नम्बर ३ (क) को सम्झना चोक र (ख) को खजुरास्थित कपास विकास समितिमा निर्वाचन कार्यक्रम गरिने जनाइएको छ ।

Previous articleरगत अभावका बेला सेवा नेपालद्धारा रक्तदान
Next articleकिरण सिंह र सन्तोषी श्रेष्ठले जिते नेपालगन्ज म्याराथनको उपाधी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here