
नेपालगञ्ज । नेपालगञ्जमा लैंङ्गिक हिंसा विरूद्वको १६ दिने अभियानको तयारी शुरु गरिएको छ । शुक्रबार नेपालगञ्ज उपमहानगरपालिको कार्यालयमा नगरस्तरीय लैंङ्गिक हिंसा निगरानी संजालको बैठक बसेर तयारी शुरु गरिएको हो ।
बैठकबाट बिभिन्न कार्यक्रम प्रस्ताव गरिएका छन् । नेपालगञ्जमा रहेका संघसंस्था प्रतिनिधिहरुको सहभागिता रहेको बैठकमा राखिएका कार्यक्रम निश्चित भएपछि कार्यक्रमलाई अन्तिम रूप दिईने जनाइएको छ ।
“घरैबाट शुरु गरौं : महिला हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ मनाउन थालिएको अभियानलाई सफल तथा भब्य बनाउन ५ सदस्यीय व्यवस्थापन उप समिति गठन गरिएको छ ।
बैठकले १६ दिने कार्यक्रम जानकारीको लागि पत्रकार सम्मेलन, रयाली, दिप प्रज्वलन, नेपालगञ्जका बिभिन्न चोकहरूमा व्यानर प्रदर्शन, सेतो रीबन वितरण, रेडियो सम्वाद, लैंङ्गिक हिंसा सम्बन्धि बिद्यालय शिक्षा कार्यक्रम, लैंङ्गिक हिंसा सम्बन्धि वडास्तरमा कार्यक्रम, पोष्टर तथा पम्पलेट प्रकाशन वितरण, घरदैलो, लैंङ्गिक हिंसा सम्बन्धि अन्तरक्रिया, उपयुक्त खेल, रेडियो संचेतना कार्यक्रम गर्ने प्रस्ताव गरिएको महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाहले जानकारी दिनुभयो ।





