किरण सिंह र सन्तोषी श्रेष्ठले जिते नेपालगन्ज म्याराथनको उपाधी

नेपालगन्ज । सातौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाल एपिएफ क्लबका किरण सिंह बोगटी तथा महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जित्नुभएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का विजेताद्वय किरण र सन्तोषीले नेपालगन्जमा उपाधि जित्नुभएको हो ।

किरणले निर्धाति दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै विजेता बन्नुभयो । सन्तोषीले १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बन्नुभएको थियो ।

१३ औं सागका स्वर्णधारी किरणले त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावतलाई पछि पार्दै च्याम्पियन बन्नुभयो । १३ औं सागकी स्वर्णपदक विजेता सन्तोषीले साविक विजेता पुष्पा भण्डारीलाई पछि पार्दै उपाधि जित्नुभएको हो ।

दोस्रो बनेका नरेन्द्रले २ घण्टा ३३ मिनेट २८ सेकेन्डमा निर्धारित दुरी पार गर्नुभएको थियो । एपिएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३३ मिनेट ३४ सकेन्डमा पुरा गर्दै तेस्रो बन्नुभयो ।

आर्मीका खडक बहादुर खड्काले २ घण्टा ३३ मिनेट ४५ सकेन्डमा पूरा गर्दै चौथो बन्नुभएको थियो । आर्मीका देवराज महतरा पाँचौं, पाँचथरका प्रताप धमसङ र प्यूठानका हिमु गिरी सातौं बन्नुभएको थियो ।

गतवर्ष पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गर्नुभयो । साविक विजेता पुष्प भण्डारीले १ घण्टा १९ मिनेट १८ सकेन्डमा दुरी पार गर्दै दोस्रो हुनुभयो ।

तेस्रो हुनुभएकी सुर्खेतकी विन्दु हमालले १ घण्टा ३६ मिनेट ३९ सकेन्डमा पूरा गर्नुभएको थियो । कन्चनपुरकी सरस्वती बोहरा चौथो, साधना शाही पाँचौं, बर्दियाकी कल्पना थारु छैटौं र सुखर्तेकी चन्द्रमाया राउत छैटौं र कोहपुरकी पुष्पा खड्का सातौं स्थानमा रहनुभयो ।

म्याराथनतर्फ विजेताले एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिएको छ । त्यसैगरी हाफ म्याराथन (महिला) तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार प्राप्त गरेका छन । साभार : हाम्रो खेलकुद डटकम

Previous articleबाँके क्षेत्र नं २ प्रदेश ‘क’ को सभापतिमा शिव कुमार बर्माको चर्चा
Next articleसिकाई परियोजना : उत्कृष्ठतातर्फ उन्मुख खजुराका शैक्षिक संस्थाहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here