
रमेशकुमार यादव
बन्कट्टी । नेपाल कम्युनिस्ट पार्टी (माओबादी) को दोस्रो गाउँपालिका सम्मेलनले डुडुवा गाउँपालिका अध्यक्षमा भोला प्रसाद यादव निर्वाचित हुन भएको छ ।
बाँकेको डुडुवा गाउँपालिकामा शनिबार भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सम्मेलनबाट पालिका अध्यक्षमा यादव चयन हुनुभएको हो ।
यादवसहित ५१ सदस्यीय कार्यसमिति सर्वसहमतिबाट चयन गरिएको छ । समितिको उपाध्यक्षमा मनवीर थापा, दयाराम यादव र पहलसिंह बिक, सचिवमा प्रेमाकुमारी शाही, सह(सचिवमा कालू गिरी र कोषाध्यक्षमा फैमुद्दिन खान निर्वाचित हुनुभएको हो ।
सम्मेलनमा बोल्दै सचिव शाहीले महिला एकजुट भइ गाउँपलिका बिकासमा लाग्न अनुरोध गर्नुभयो । उहाँले महिलाले रचेका संसारमा महिलाले गरेको बिकास मात्र सफल हुने दावी समेत गर्नुभयो ।





