
नेपालगञ्ज । बर्दियाको गुलरिया नगरपालिकाले पौष १५ गते सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै पौष १५ गते सार्वजनिक बिदा दिएको जनाएको छ ।
पौष १५ गते तमु ल्होसार पर्वका अवसरमा गुलरिया नगरपालिकाको छैठौ नगरसभाबाट सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा २०७८ पौष १५ गते बिहीबारका दिन सार्वजनिक बिदा घोषणा गरिएको गुलरियाका नगरप्रमुख मुक्तिनाथ यादवद्धारा जारी सूचनामा उल्लेख छ ।
यस दिन नगरपालिकाभित्र मातहतका सम्पूर्ण कार्यालय तथा नियकायहरु अत्यावश्यक सेवा बाहेक सबै काम बन्द रहने पनि जनाइएको छ ।





