नेपालगञ्जमा औषधी व्यवस्थापन अनलाईन प्रणाली शुरु

नेपालगञ्ज । बाँकेमै पहिलो पटक नेपालगञ्जमा औषधीजन्य बस्तुको माग एवं आपूर्ति सूचना व्यवस्थापन कार्य अनलाईन प्रणालीबाट गरिने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जका सबै स्वास्थ्य संस्थालाई सहभागि गराउँदै माग एवं आपूर्ति सूचना व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरेर अनलाईन व्यवस्थापन कार्य प्रणालीको शुरुवात गरेको छ ।

तीन दिने तालिममार्फत सबै स्वास्थ्य संस्थामा रहेका औषधी जन्य बस्तुको व्यवस्थापन प्रणालीको शुरुवात गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।

शुरु गरिएको प्रणालीमार्फत नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखामा औषधीको भण्डारणको मात्रा र नेपालगञ्जका प्रत्येक स्वास्थ्य संस्थामा रहेको औषधीजन्य सामाग्रीको मौज्दात प्रदेश तथा केन्द्रले हेर्न सक्ने जनस्वास्थ्य निरिक्षक बस्नेतले बताउनुभयो ।

नेपालगञ्जका कुन स्वास्थ्य संस्थामा कुन औषधीको अभाव भयो, कुन औषधी अझै कति मात्रामा रहेको तथा अन्य आवश्यक सामाग्री उपमहानगरपालिका स्वास्थ्य शाखाले कार्यालयमै बसेर सहजै हेर्न सक्ने भएको छ ।

यो प्रणालीले स्वास्थ्य संस्थालाई चुस्त र दुरुस्त बनाउने कार्यमा सहयोग हुने नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले बताउनुभयो ।

यसैगरी व्यवस्थापन प्रणालीबारे दक्ष बनाउन संचालन गरिएको पौष १२ देखि १४ गतेसम्म नेपालगञ्जमा संचालन गरिएको तालिमको समापन समेत स्वास्थ्य प्रमुख चन्दले गर्नुभएको छ ।

Previous articleफोहर ब्यवस्थापनमा नमूनायोग्य काम-नेपालगञ्ज उपमहानगरपालिका
Next articleनगरस्तरीय किशोरी संजालको अध्यक्षमा नेलिशा गिरी निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here