युुनेस्को क्लबद्धारा एकल महिलालाई दुई लाख सहयोग

बाँके । बाँके युनेस्को क्लबले खजुरा गाउँपालिकाकी एक जना एकल महिलालाई आय–आर्जनका लागि दुई लाख रुपियाँ सहयोग गरेको छ ।

कतार च्यारेटीको आर्थिक सहयोगमा सञ्चालन गरिएको आय–आर्जनका लागि व्यवसायीक परियोजना अन्तर्गत खजुरा गाउँपालिका ३ आदर्श टोलकी एकल महिला जुना खनाललाई किराना तथा नास्ता पसल सञ्चालन गर्न दुई लाख रुपैया सहयोग प्रदान गरिएको हो ।

विहिबार खजुरा गाउँपालिका वडा न–३ का वडा अध्यक्ष कान्तुराम गौतम र क्लबका संरक्षक प्रवेज अलि सिद्दिकी तथा अध्यक्ष राजेन्द्र चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

वडा अध्यक्ष गौतमले आर्थिक रुपमा समस्यामा परेकी खनाललाई क्लबले गरेको सहयोगले उनको परिवारको आर्थिक उन्नतीमा ठुलो टेवा पुग्ने बताउनुभयो ।

क्लबका अध्यक्ष चौधरीले एक महिला खनाल जस्तै समस्यामा परेकालाई गरिएको सहयोग रकमको सदुपयोग गरि व्यवसाय बढाउँदै लैजान आग्रह गर्नुभयो ।

कतार च्यारेटीको सहयोगमा क्लबले बाँकेमा जिविकोपार्जनका लागि बाख्रा पालन र साना किसान सहायता परियोजना अन्तर्गत कुखुरा पालन लगायत कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

Previous articleब्राउन सुगरसहित दुई युवा पक्राउ
Next articleनेपालगञ्जमा पेट्रोल पम्पको अनुगमन, शुद्धता र तौल मापदण्डभित्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here