
बाँके । जिल्लामा ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालय कोहलपुर र बनकट्वा प्रहरी चौकीको संयुक्त गस्ती टोलीले नौवस्ताबाट दुई युवालाई एक ग्राम ६६५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पैदल हिडिरहेका बैजनाथ गाउँपालिका वडा नं–३ बैरहवाका २२ वर्षीय आशिष थारु र सोही ठाउँका २१ वर्षीय राहुल गुप्तालाई शंका लागेर चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको बाँकेका प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिनुभयो ।





