नेपालगञ्जमा पेट्रोल पम्पको अनुगमन, शुद्धता र तौल मापदण्डभित्र

बाँके । नेपालगञ्जमा रहेका पेट्रोल पम्पहरुको अनुगमन गरिएको छ । सो क्रममा बिहीबार विपी चोकस्थित मयंक ट्रेडिङमा पेट्रोलियम पदार्थको गुणस्तर र नापतौलको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा सो पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको शुद्धता र तौल मापदण्ड बमोजिम रहेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देविलाल चौलागाईले जानकारी दिनुभयो ।

पछिल्लो समय बिभिन्न व्यवसायको अनुगमन गर्ने क्रममा पेट्रोल पम्पहरुमा मापदण्ड पुगे/नपुगेको पत्ता लगायत अनुगमन गरिएको छ ।

अनुगमनमा वाणिज्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्याल, जिल्ला प्रशासनका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, गुणस्तर तथा नापतौल कार्यालयका योगेन्द्र कुमार पौडेल, नेपालगन्ज उपमहानगरपालिकाका बिमल गुरुङ, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष वसन्त गौतम, नेपालगन्ज उद्योग वाणिज्य संघका भिम बहादुर रानाभाट र नेपाल आयल निगमका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Previous articleयुुनेस्को क्लबद्धारा एकल महिलालाई दुई लाख सहयोग
Next articleसमुदायसम्म कोरोना : उपमहानगरपालिकामा उच्च सावधानी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here