पहुँच नभएकाको पनि कोरोना जाँच गर्न राष्ट्रिय जनता पार्टी (जसपा) बाँकेको माग

बाँके । जिल्लामा आम सर्वसाधारणको समेत कोरोना संक्रमण जाँच गर्नुपर्ने राष्ट्रिय समाजवादी पार्टी (जसपा) ले माग गरेको छ ।

पिसिआर प्रबिधिबाट हुने कोरोना जाँचमा पहुँचवालाको मात्र सहभागिता देखिएकाले आम सर्वसाधारणको समेत सहभागिता गराई परीक्षण गर्नुपर्ने पार्टीको माग छ ।

बिगतमा यहाँका जिम्मेवार व्यक्तिहरुको गल्तीका कारण कोरोना संक्रमण समुदायसम्म फैलिएकाले पहुँच नभएका व्यक्तिहरुको समेत पिसिआर प्रबिधिबाट कोरोना संक्रमणको जाँच हुनुपर्ने भन्दै शुक्रबार पार्टीले ज्ञापन पत्र बुझाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई ज्ञापनपत्र बुझाउँदै जाँचका लागि आवश्यक पहल गर्न गराउन अनुरोध गरेको जसपाका नेता राम कुमार दिक्षितले जानकारी दिनुभयो ।

माग पत्रमा मुस्लिम समुदायको शनिबार परेको बकरीद पर्वमा सामुदायिक दुरी कायम गर्दै नमाज पढ्ने र हिन्दु समुदायको रक्षाबन्धन पर्वमा दुबैतर्फको सीमावती क्षेत्रमा रहेका आफन्तहरुलाई आउन जानका लागि सहज बनाउन पहल गरिदिन आग्रह गरिएको छ ।

यस्तै बाँकेमा धान रोपाई सकिएको लामो समयसम्म पनि सरकारले रसायनिक मलको व्यवस्थापन गर्न नसकेको हुँदा उत्पादन ५० प्रतिशतले घट्ने भन्दै छिटो भन्दा छिटो रसायनिक मलको व्यवस्थापनका लागि पहल गरिदिनु हुन आग्रह गरिएको राष्ट्रिय जनता पार्टी (जसपा) बाँकेका अध्यक्ष गिरिजा प्रसाद पाठकद्धारा पेश गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

Previous articleसमुदायसम्म कोरोना : उपमहानगरपालिकामा उच्च सावधानी
Next articleब्राउन सुगरसहित लाेनिया पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here