
विश्वमा, १ अर्ब जति बालबालिकाले शारीरिक, यौनिक वा भावनात्मक जस्ता कुनै न कुनै प्रकारको हिंसाको अनुभव गर्ने गर्दछन् । यस्तो हिंसाको अनुभव गर्ने मध्य धेरै जसो न्युन र मध्यम आय भएका देशहरुका बालबालिकाहरु पर्ने गर्दछन् ।
यस प्रकारको हिंसा धेरैजसो विद्यालय र त्यसको वरपर हुने गर्दछ । अध्ययनका अनुसार, प्राथमिक तहमा भर्ना भएका ९० प्रतिशत बालबालिकाले घर भन्दा बढि विद्यालयमा नै हिंसा भोग्नु परेको छ ।
हालै, ६ देखि १० बर्षसम्मका करिब ६० प्रतिशत बालबालिकाले विद्यालयमा साथीहरुबाटै शारीरिक र भावनात्मक हिंसा खेप्नु परेको जनाएका थिए र प्राथमिक तहकै ४६ देखि ९५ प्रतिशत बालबालिकाले शिक्षकहरुबाट शारीरिक दण्ड भोगेको अनुभव रहेको छ । यो संख्या शारीरिक दण्ड प्रतिबन्ध रहेको देश समेतको रहेको छ ।
युनेस्कोको प्रतिवेदन अनुसार, ९६ देशका १० प्रतिशतभन्दा बढि बालबालिकाले यौन हिंसा र उत्पीडनको शिकार हुनु परेको छ । यौन हिंसा र उत्पीडनको शिकार केहि समुहमा अझ बढि हुने गर्दछ ।
युगान्डामा, १० देखि १४ बर्षका अपाङ्गता भएका २० प्रतिशत बालिकाहरुले यौन हिंसा भोग्नु परेको थियो भने सोहि उमेर समुहका अपाङ्गता नभएका १० प्रतिशत बालिकाहरुले पनि यौन हिंसा भोग्नु परेको थियो । उक्त हिंसाहरु धेरैजसो साथीहरुबाट र केहि शिक्षकहरुबाट पनि भएको थियो ।
बालबालिकाहरुमा एक पटक शारीरिक, भावनात्मक वा यौन दुव्र्यवहार वा हिंसा भएमा त्यो दोहरिने सम्भावना निकै धेरै रहेको हुन्छ । यस प्रकारको हिंसाले स्वास्थ्य र सामाजिक प्रतिफलमा नकारात्मक असर पारेको हुन्छ नै साथै, मानसिक स्वास्थ्य निकै कमजोर हुन सक्छ, दुव्र्यसनी बढ्छ, दिर्गरोग, कमजोर शैक्षिक नतिजा, बेरोजगारी तथा भविष्य नै अन्धकार हुन सक्छ ।
विद्यालयमा शिक्षकहरुले गर्ने हिंसा र विद्यालयमा विध्यार्थीहरुको सहिष्णुताले बालक र बालिकाहरुमा हिंसाको प्रयोग सहकर्मीहरुमा, घनिष्ठ सम्बन्धहरुमा र सामाजिक सम्बन्धहरु अगाडी बढाउन स्वामित्वको अनुसरण गरिएको पाईएको छ ।
विश्व बैंकका अनुसार, संसारभरिका बिद्यालय र यसको वरीपरी हुने हिंसाले गर्दा जीवनभरको कमाई करिब ११ ट्रिलियन घाटा रहेको छ । यो समस्या मापन र पहिचान गरी दिगो विकास लक्ष्यको ४ मा गुणस्तरीय शिक्षा, ५ मा लैङ्गिक समानता र १६ मा शान्ति, न्याय र बलियो संस्थानहरु राखिएको छ ।
यी समस्या समाधानका र सम्बोधनका लागि प्रभावकारी उपायहरु कहाँ लागु गरिएका छन् त ? विद्यालयमा हुने धेरै खालका हिंसालाई रोकथाम गर्न एकदमै आवश्यक छ । हालसम्म समाधान र सम्बोधन उपायहरुलाई केबल साथीबाट हुने हिंसा र किशोर किशोरीको डेडिङमा हुने दुव्र्यवहारमा मात्र जोड गरिएको छ ।
न्युन र मध्यम आए भएका देशहरुमा हिंसा रोक्न ३ वटा उपायहरु परीक्षण गरिएको थियो । त्यसको नतिजा तथा सम्पन्न देशहरुको अध्धयनले के बताउँछ भने सम्पुर्ण विद्यालयको प्रणाली वा इको सिस्टम बनाउन जरुरी छ, जसमा बालबालिका र किशोरी किशोरीहरुले धेरै प्रकारका हिंसा र दुव्र्यवहार घटाउने उपायहरु सिक्ने, सिकाउने र अध्ययन गर्न सक्छन् ।
न्युन आय भएका र मध्यम आय भएका देशहरुमा कस्तो खालको समाधानका उपाय प्रभावकारी हुन सक्छन् भन्ने प्रष्ट छैन । यी देशहरुमा हिंसा र दुव्र्यवहारका मापदण्ड र त्यसको प्रवृति सम्पन्न देशको भन्दा कतिको फरक छ ? भन्ने अन्यौलता नै रहेको छ ।
कम स्रोत र साधन भएको, बिद्यार्थी र शिक्षको अनुपात नमिलेको, व्यवसायीक समर्थन कम भएको, क्षमता विकास तथा तालिम नभएको बिद्यालयमा कठोर कक्षा कोठा व्यवस्थापनको अभ्यास भएको पाइन्छ । यस्ता विद्यालयमा हिंसा वा दुव्र्यवहार हटाउन र प्रभावकारी मापदण्ड बनाई लागु गर्न पनि कठिन रहन्छ ।
हालै, विश्वव्यापीरुपमा भएका समिक्षाहरु अनुसार कम आय भएका देशहरुमा, बिद्यालयमा हुने हिंसा वा दुव्र्यवहार घटाउने कार्यक्रमहरुको परीक्षण निकै थोरै मात्रामा मात्र गरिएको छ । विश्व स्वास्थ्य संगठनको बिद्यालयमा स्वास्थ्य प्रवद्र्धन अन्तर्गत भएका ६७ वटा परीक्षणमध्ये कुनैपनि न्युन आय भएका देशहरुमा गरिएन ।
न्युन आय भएका देशहरुमा दुव्र्यवहारमा भएका ४२ मध्य ३, सामाजिक भावनात्मक अध्ययन १५ मध्य १, बाल यौन हिंसा, बालबालिकालाई हेरविचार गर्ने व्यक्तिले गर्ने यौन हिंसा र उत्पिडनका २६ मध्य १ परीक्षणहरु त भए, तर धेरै कार्यक्रम र परीक्षणहरु शिक्षकले गर्ने हिंसा र किशोर किशोरीको डेटिङ्गमा हुने हिंसा र दुव्र्यवहारमा केन्द्रित रहेका छन् ।
अधिकांश देशका बिद्यालयको मुख्य लक्ष्य भनेकै सामाजिक र भावनात्मक सिकाईलाई प्रोत्साहन गर्नु हो र उनीहरुलाई सामाजिक व्यवहार परिर्वतनका लागि आर्दशको रुपमा अगाडी बढाउनु हो । त्यसैले बिद्यालयमा बालबालिकालाई, बिद्यालयभित्र र बाहिर अहिंसाको माध्यमबाट सिक्न र सिकाउन मद्दत गर्ने प्रसस्त सम्भाव्यता रहन्छ ।
तर, अहिले धेरैजसो बिद्यालयहरुले हिंसा र दुव्र्यवहारको बढावा र स्थायित्वमा योगदान गरेका छन् । हामी न्युन र मध्यम आय भएका देशहरुमा हिंसा र दुव्र्यवहाको बहुपक्षीय रुपलाई सम्बोधन गर्ने इको सिस्टम बनाउन, हिंसा र दुव्र्यवहार हटाउने उपायहरुको अनुसन्धान गर्न, त्यसलाई कसरी अरु स्थानमा लगेर लागु गर्न सकिन्छ, स्थान र परिवेश अनुसार परिर्वतन र अनुकुल बनाउन सकिन्छ, त्यसलाई परीक्षण गर्न सकिन्छ र हाम्रो जस्तो मुलुकहरुमा लागु गर्न सकिन्छ, त्यसमा तत्काल लगानी गर्न आव्हान गर्न चाहन्छौं ।
हामीले उत्कृष्ट मोडलहरु छान्नु पर्ने छ, जसले अपेक्षित नतिजा पनि दियोस र परिर्वतित समयमा पनि निरन्तर रहिरहोस् अनि त्यसपछि पूर्वाधार विकास गर्न, सिप र क्षमता विकास गर्न, बिद्यालयमा र बिद्यालयबाट प्रभावकारी कार्यक्रम, समाधान र हस्तक्षेपहरु लागु गर्न सहियोस् ।
अन्तमा, हामीले यसमा आवद्ध वा अभ्यासकर्ता र शिक्षाविदहरुसँग पनि सहकार्य गर्न जरुरी छ । यसमा लगानी नगरेसम्म दिगो विकास लक्ष्य हासिल गर्न सकिंदैन । साभार : द ल्यानसेट





