
नेपालगञ्ज । अखिल नेपाल किसान महासंघ खजुरा गाउँपालिका कमिटीले खजुरा गाउँपालिकालाई किसानको हितमा ७ बुंदे ज्ञापन पत्र बुझाएको छ ।
महासंघ गाउँ कमिटीले बिहीबार खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिलाई ज्ञापनत्र बुझाउँदै किसानले भोग्दै आएको समस्या समाधान गर्न माग गरिएको छ ।
महांसंघले गत कार्तिकमा आएको अबिरल वर्षा र बाढी तथा डुबानका कारण किसानहरुले लगाएको खेतबालीमा क्षति भएको सो बापतको क्षतिपुर्ति तुरुन्त बितरण गर्न माग गरिएको छे ।
संयोजक गेहेन्द धिताल हस्तारिक्षत ज्ञापन पत्रमा धान रोपाईको समयमा मात्र नभएर हिउँदे बालीमा समेत रसायनिक मलको चरम अभाव देखिएको हुँदा सधै मलको सहज आपूर्तिको व्यवस्था मिलाउन लगायतका माग गरिएको छ ।
महासंघले बुझाएको ज्ञापन पत्र





