
बाँके । बर्दियाका थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालञ्न्जमा भएको परीक्षणमा नौ जनामा संक्रमण पुष्टि भएको हो ।
गेरुवा गाँउपालिका वडा नं–१ का २८, ३३, ३७, ४९ र ५५ वर्षीय पुरुष, बढैयाताल गाउँपाालिकाका एक जना पुरुष, ठाकुरबाबा नगरपालिकाकाका एक जना २७ वर्षीय पुरुषमा संक्रमण देखिएको छ
त्यस्तै राजापुर नगरपालिका ६५ वर्षीया महिला र बाँसगढीका नगरपालिकाका ६ वर्षीया बालिकामा कोरोना देखिएको भेरी अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा ३८५ जनाको स्वाब परीक्षण गरिएकोमा ९ जनामा कोरोना देखिएको हो ।






