करेन्ट लाग्दा ट्याँकर सह–चालकको ज्यान गयो

बाँके । करेन्ट लागेर जिल्लामा एक जनाको ज्यान गएको छ । शनिबार नेपालगञ्ज उपमहानगरपालिका २० राँझामा ट्यांकर सहचालक बारा जितपुर सिम्राहाका राज मगरको ज्यान गएको हो ।

ना ४ ख २६५१ नम्बरको ट्यांकरमाथि चढेर सडक माथिको तार पन्छाउँदै गर्दा करेन्ट लागरे उनको मृत्यु जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो ।

करेन्ट लागेपछि तत्कालै उद्धार गरी नेपालगञ्ज मेडिकल कलेज लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बारा जितपुर सिम्राहाका स्थायी बासिन्दा भएको जनाइएको छ ।

Previous articleठुलो परिणाममा अबैध कपडा बरामद
Next article६ वर्षीया बालिकासहित बर्दियाका नौ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here