सरकार छाड्न माग गर्नेलाई केही दिन पर्खिन प्रचण्डको आग्रह

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल भएसँगै एकीकृत नेकपा माओवादीका सांसदहरुले संसदीय दलको निर्णय अनुसार सरकार छोड्न नेतृत्वसँग माग गरेका छन् । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिन पर्खिन आग्रह गर्नुभएको छ ।

आइतबार चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा एमसीसी संसदमा टेबल गर्ने सहमति भएको थियो । तर संसदको बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले फरक मत राख्नुभयो । संसद बैठकमा पनि गुरुङले एमसीसीको विरोध गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अनुमोदनका लागि टेबल गर्दा माओवादी केन्द्रका केही सांसदले उठेर विरोध गरे भने प्रचण्डसहित केही नेताहरु बसिरहनुभयो ।

उठेर एमसीसीको विरोध गर्नेमध्ये एक गिरिराजमणि पोखरेलले भन्नुभयो, ‘अस्ति संसदीय दलले टेबल गर्ने भए विपक्षमा जाने भनेकाले उभिएको हुँ ।’

संसदको बैठकलगत्तै माओवादी प्रमुख सचेतक देव गुरुङलगायतले बैठक हलमै प्रचण्डसँग कुरा गर्न खोज्नुभएको थियो । संसद भवन परिसरमा भएको भेटमा सांसदहरुले संसदीय दलको निर्णय अनुसार तत्काल सरकार छाड्नुपर्ने बताएका छन् ।

एक सांसद भन्छन्, हामीले पार्टीको निर्णयअनुसार सरकार तत्काल छाड्नुपर्छ भन्यौं । तर उहाँ (प्रचण्ड)ले केही समय पर्खेर हेरौं भन्नुभयो ।’

Previous articleमानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक, ५२१५ महिला पिडित
Next article५६ वर्षीय महिलाको पेटमा ४७ किलोको ट्यूमर !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here