रास्वपा बाँके २ का सभापति लामिछानेले पाए थप जिम्मेवारी

बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेमा युवा नेतृत्वको चर्चामा हुनुहुन्छ क्षेत्र नम्बर २ का सभापति बालकृष्ण लामिछाने । लामिछानेको नेतृत्वशैलीलाई हेरेर पार्टीको विधानअनुसार उहाँलाई जिल्लाको युवा सशक्तीकरण तथा खेलकुद विभाग प्रमुखको थप जिम्मेवारी प्रदान गरिएको छ।

क्षेत्र नम्बर २ का सभापतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका लामिछानेलाई युवा संगठन विस्तार, युवा नेतृत्व विकास तथा खेलकुद कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले थप जिम्मेवारी प्रदान गरिएको नेपालगन्ज नगर सभापति नवीन खड्काले बताउनुभयाे ।

लामिछानेको संगठन विस्तार, कमिटी सञ्चालन, कार्यकर्ता परिचालन, जनतासँगको सम्पर्कदेखि जनताका मुद्दा उठाउने विषयसम्म पार्टीभित्र चर्चा चुलिएको छ। साथै, संगठनभित्र लामिछानेलाई अध्ययनशील तथा जिम्मेवार नेताका रूपमा हेरिएको छ।

वित्त, कानुन, सामाजिक सेवा र राजनीतिक विषयमा विशेष अध्ययन गर्नुभएका लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुरुवाती दिनदेखि नै सक्रिय हुनुहुन्छ । उहाँको लगनशीलता, मेहनत, अध्ययन तथा नेतृत्वशैलीका आधारमा नै पार्टीले उहाँलाई सभापतिको जिम्मेवारी दिएको हो ।

“क्षेत्रीय सभापतिको रूपमा जिम्मेवारी सम्हाल्दै गर्दा संगठन विस्तार, जनताको आवाज उठाउनेदेखि जनतासँग निरन्तर सम्पर्कमा रहने काम गर्दै आएको छु। अब संगठनमा युवाका समस्यालाई सम्बोधन गर्दै युवाको सहभागिता बढाउनु मेरो मुख्य एजेन्डा रहनेछ ।” उहाँले भन्नुभयाे ।

भाषणभन्दा पनि कर्ममा विश्वास गर्ने क्षेत्रीय सभापति लामिछानेले आफ्नो अनुभवलाई जिल्लास्तरीय विभागीय कामसँग जोड्दै संगठनका गतिविधिलाई परिणाममुखी बनाउने, युवाको सहभागिता बढाउने र पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

रास्वपाको विधानअनुसार जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यले मात्रै पार्टीका विभाग प्रमुखको जिम्मेवारी पाउन सक्ने व्यवस्था छ। जिल्ला कमिटीमा पदेन सदस्यसहित २२ जना रहने र जिल्लामा पाँचवटा विभाग गठन गर्ने कार्यविधि छ। सोही २२ सदस्यीय जिल्ला कमिटीबाट पाँचवटा विभागका प्रमुख चयन हुने व्यवस्था रहेको छ।

Previous articleठाकुरबाबामा ‘सिकाइ सुधार परियोजना’ले जगाएको आशा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here