
नेपालगञ्ज । बाँके प्रहरीले लागु औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ परेका छन् ।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१६ चौलिक्का चोक नजिकैबाट बर्दिया बढैयाताल गाउँपालिका वडा नं ९ शान्तिपुरका २४ वर्षीय प्रविण विसीलाई १५० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
लागु औषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बिसिको हिडाई शंकास्पद देखेपछि खानतलासी गर्दा ज्याकेटको दाँहिने खल्तीमा ३ वटा प्लाष्टिकमा पोका पारि राखिएको उक्त ब्राउनसुगर बरामद भएको हो ।
उनको साथबाट तीन हजार नगद समेत फेला परेको प्रहरीले जनाएको छ । सीमावर्ती बजार रुपैडियाबाट भारतीय नागरिकलाई चार लाख रुपैयाँ दिएर उनले ब्राउन सुगर खरिद गरि ल्याएका थिए ।
उनले उक्त ब्राउन सुगर काठमाडौं लैजाने उद्देश्यले नेपाल भित्र्याएको बताएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।





