बर्दियाको सैनवारकी ४१ वर्षीय चौधरीलाई बाघले खायो

नेपालगञ्ज । बर्दियाको ठाकुरबाबा नगरपालिकाकी एक महिलालाई बाघले खाएको छ । ठाकुरबाबा नगरपालिका वडा नं ४ सैनवारकी ४१ वर्षीय लिली चौधरीलाई बाघले खाएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीले दिसा पिसाबका लागि घर बाहिर निस्किएका बेला बाघले लगेको देखिएको बताउनुभयो । उहाँका अनुसार मंगलबार साँझ करिब साढे ८ बजेको समयमा बाघले चौधरीलाई खाएको हो ।

सैनवारदेखि ६० मिटर पूर्व बर्दिया राष्ट्रिय निकुञ्जमा खटना घटेको प्रहरीले जनाएको छ । सैनवार निकुञ्जसंगै जोडिएको बस्ती हो । चौधरीको शव यो यो समाचार तयार पार्दा मंगलबार राती १० बजेर ३८ मिनेटसम्म भुरिगाउँस्थित अशिम अस्पतालमा राखिएको छ ।

प्रहरीका अनुसार निकुञ्जमा घट्ना भएकाले निकुञ्जको टोलीले घट्नाबारे आवश्यक प्रक्रिया थालेको छ ।

Previous articleनिजामती कर्मचारी युनियनको अध्यक्षमा पोख्रेलद्वारा उम्मेदवारी घोषणा
Next articleडुडुवामा १६ सैय्याको जेष्ठ नागरिक अस्पताल निर्माण शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here