निजामती कर्मचारी युनियनको अध्यक्षमा पोख्रेलद्वारा उम्मेदवारी घोषणा

नेपालगञ्ज । नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपाल पोख्रेलले उम्मेदवारी घोषणा गर्नुभएको छ । वर्तमान अध्यक्ष समेत रहनुभएका पोख्रेलले मंगलबार नेपालगञ्जमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

नेपाल निजामती कर्मचारी युनियन बाँकेको आयोजनामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पोख्रेलसहित अन्य उम्मेदवारहरुले पनि आआफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

खुला उपाध्यक्षमा यज्ञ वलीले उम्मेदवारी घोषणा गर्नुभएको छ । श्रेणीविहिन उपाध्यक्ष सोम कोइराला, उपमहासचिव गणेश भण्डारी र इन्दु शर्मा तथा लुम्बिनी प्रदेश अध्यक्षमा मदन गौतमले उम्मेदवारी घोषणा गरेको नेपाल निजामती कर्मचारी युनियन डुडुवाका अध्यक्ष पिताम्बर आचार्यले जानकारी दिनुभयो ।

शिक्षा समन्वय इकाईको कार्यालयमा नेपाल निजामती कर्मचारी युनियन बाँकेका अध्यक्ष उद्धब श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बर्दियाका पूर्व अध्यक्ष कृष्णप्रसाद उपाध्याय, युनियन बाँके कार्यसमितिका पदाधिकारी, सदस्य लगायत उपस्थिति रहेको थियो । नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशन फागुन २१, २२ र २३ गते काठमाण्डौमा हुँदैछ ।

Previous articleनगर बाल क्लब संजाल कोहलपुरको अध्यक्षमा केसी चयन
Next articleबर्दियाको सैनवारकी ४१ वर्षीय चौधरीलाई बाघले खायो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here