जोखिम क्षेत्र सिल गर्ने रणनीति तय गर्दै बाँके प्रशासन

बाँके । कोरोना भाइरस संक्रमणको जोखिम भएको क्षेत्रलाई सिल गरिने रणनीति प्रशासनले लिने तयारी गरेको छ ।

जिल्लामा कोरोनाका बिरामी फेला परेको स्थानको वरिपरीको क्षेत्र मात्रै सिल गरेर जाने कि भन्ने प्रशासनले तयारी थालेको हो ।

आज (आइतबार) कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर त्यस किसिमको रणनीतिमा गएर अन्य क्षेत्रलाई सामान्य बनाउन सकिने उपाय बारे छलफल गर्न लागेको जनाइएको छ ।

अहिले केन्द्रको बैठक बसिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

कोरोनाका बिरामी बढ्दै गएपछि बाँके प्रशासनले शनिबार रातीदेखि तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

नेपालगञ्ज लगायतका स्थानमा संक्रमण देखिएको भएपनि जिल्लाभर नै निषेधाज्ञा लागु हुँदा अन्यलाई दुःख भएकाले अब सिमित क्षेत्र मात्रै बन्द गर्ने बारे निर्णय गर्न लागेको बुझिएको छ ।

Previous articleबाँकेमा पुनः निषेधाज्ञा, सबै क्षेत्र सुनसान
Next articleदुई चिकित्सकसहित थप १२ जनामा कोरोना संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here